Hygienic World Organization ‘HWO’

Helping Consumer never doubt that they are Valuable & Powerful

 

हाईजेनिक वल्ड अर्गनाइजेशन 

स्वस्थकर, गुणस्तरीय खाद्य वस्तुहरु लगायत दैनिक उपभोग्य वस्तुहरु उपभोग गर्न पाउनु आम उपभोक्ताको अधिकार हो । उपभोक्ताको खाद्य अधिकार सुरक्षा र जन स्वास्थ्यका लागि स्वच्छ, स्वस्थकर, गुणस्तरीय, शुद्ध एवं हाईजेनिक आहार सम्बन्धी खाद्य चेतना जागरण र खाद्य वस्तु लगायत दैनिक उपभोग्य वस्तुहरुको गुणस्तर बृद्धिका लागि तालिम, चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै प्रत्येक ब्यक्तिलाई सुखी, शान्ति र सफल बनाउनका लागि आहार, खाद्य गुणस्तर सम्बन्धी बजार अनुगमन, अनुसन्धान, खोज, अध्ययन र संरक्षण सम्बद्र्धन सम्बन्धी कार्य गर्ने साथै कृषि पर्यटन मार्फत राष्ट्रिय पूँजी निमार्णको कार्यमा टेवा प्रदान गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सम्बन्धीत निकाय, संस्था, कम्पनी, समूहहरुसंग सहकार्य गरी उपभोक्ता अधिकार संरक्षण सम्वद्र्धन, जोखिममा परेका असहाय पिडित महिला तथा बालबालिकाहरुका लागि कार्य गर्ने एक स—शक्त संस्थाको आवश्यकता भएकोले सविकः मुलकहित नागरिक समाज (मुनास) र उपभोक्ता जागरण अर्गनाईजेशन एक आपसमा गाभिएर नयाँ संरचनाका साथ स्थापित एवं गठित संस्थाको हो हाईजेनिक वल्र्ड अर्गनाईजेशन (एचडब्लुओ) ।
समाज र राष्ट्रको सर्वतोमुखि विकासका लागि योग्य नागरिक, कमर्ठ युवा तथा स्वच्छ वातावरणमा हुर्किएका बालबालिकाहरुको आवश्यकता अनुसार नेपालको सामाजिक वातावरण, रहन—सहन र आर्थिक स्थितीलाई मूल्याकंन गर्दै यहाँका असहाय, अनाथ तथा जोखिममा परेका बालबालिकाहरुको संरक्षण सम्बद्र्धन, सामाजिक उत्थानका लागि सामूहिक प्रयास गर्ने, जसमा हाल बृद्धबृद्धाहरुलाई उचित सम्मान प्रदान गर्दै राष्टिय अविभावक घर साथमा बाल सुरक्षा केन्द्र (नेशनल प्यारेन्स होम वीथ चाईड केयर सेन्टर  National Parents Home with Child Care Center) कार्यक्रमहरु सञ्चालन गर्ने मुख्य उद्देश्य रहेको छ ।

Come join us

राष्ट्रिय अभिभावक घर National Parents Home

17 July, 2023

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis nec a odio.

29 June, 2023

Consumer Rights & Food Quality Awareness Program @Hygienic Quality System 

28 JUNE, 2023

राष्ट्रिय अभिभावक घर

नेपालका बिभिन्न जिल्ला तथा स्थानहरुमा जोखिममा परेको पिडित र असहाय बृद्धबृद्धाहरुका लागि हाल चन्द्रागिरी ८ मातातिर्थस्थित राष्ट्रिय अभिभावक घर स्थापना गर्ने तयारी गरिदैछ ।

उक्त भौतिक संरचना तयार गरिए पछि हाल बिभिन्न स्थानका ३५ जना बृद्धबृद्धाहरु सो घरमा संरक्षण दिईनेछ भने साथमा जोखिममा परेका पिडित १५ जना बालबालिकाहरुलाई पनि संरक्षण दिने तयारीका लागि आवश्यक कार्यहरु सञ्चालन भईरहेका छन ।

Our partners
Want to make a difference?

Help us raise money for our humanitarian causes